काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को विभिन्न बीमालेखहरुमा प्रतिहजार न्युनतम ३९ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।
यस कम्पनीले सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
साथै, बाल सावधिक अग्रिम भुक्तानी योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १८ हजार ३४६ वटा बीमालेख खरिद भएका हुन्, भने बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।
बाल सावाधिक बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने भएको छ ।
आजीवन बीमा योजना कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५३ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको २१ हजार १०५ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै रुपान्तरित सावधिक जीवन बीमा योजनामा कम्पनीले प्रति हजार ३९ रुपैयाँदेखि ४९ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४३ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ बोनस दिने भएको हो ।


































