National life

एशियन लाइफको नयाँ बोनसदर : अधिकतम ७५ रुपैयाँसम्म पाइने कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
666Shares
एशियन लाइफको नयाँ बोनसदर : अधिकतम ७५ रुपैयाँसम्म पाइने कुनमा कति ?
ncell

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०र०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको जनाएको छ ।

नयाँ बोनसदर अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।  ‘ त्यसैगरी अर्को सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर दिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सामूहिक सावधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखका बिमितले प्रतिवर्ष न्यूनतम ४४ रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै ‘अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख’मा बीमा अवधिअनुसार न्यूनतम ५० रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपियाँदेखि ५० रुपियाँसम्म बोनसदर दिने कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?