National life

एशियन लाइफको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
731Shares
एशियन लाइफको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन १३ गतेसम्मका लागि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः०.४२ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको कम्पनीले जनाएको छ । यससँगै अब कम्पनीको हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

जेठ १५ गतेसम्म कायम सेयरधनीहरुले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?