National life

एशियन लाइफले ४२ प्रतिशत हकप्रद निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
690Shares
एशियन लाइफले ४२ प्रतिशत हकप्रद निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
ncell

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ः०।४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काश गर्ने तयारी गरेको सूचना सार्वजनिक भएको हो।

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो भने हाल हकप्रद साधारण निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।

मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत १,४२,७९,३१२ कित्ता हकप्रद सेयर जारी हुनेछ भने हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्ने देखिन्छ।

अहिले कम्पनीले देशभर रहेका १ सय ३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्ताबाट सर्वसाधारणहरुलाई जीवन बीमा सेवा दिइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?