National life

औद्योगिक विकासका लागि नीतिगत सुधार आवश्यक : महावीर पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
1KShares
औद्योगिक विकासका लागि नीतिगत सुधार आवश्यक : महावीर पुन
ncell

काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले देशको औद्योगिक प्रगति र आर्थिक उन्नतिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई केन्द्रमा राख्न सरकारलाई आग्रह गरेका छन्। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले उद्योगमैत्री नीतिको अभावले स्वदेशी उत्पादन प्रभावित भएको बताए।

उनले हालको कर संरचनाले उद्योगलाई प्रोत्साहन गर्नेभन्दा अवरोध सिर्जना गरिरहेको टिप्पणी गरे। उनका अनुसार विदेशबाट तयार वस्तु आयात गर्दा सहजता भए पनि स्वदेशमै उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा उच्च कर लाग्ने व्यवस्था विरोधाभासपूर्ण छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वीरगञ्जस्थित कृषि औजार कारखानाको अनुभव साझा गर्दै उनले कच्चा पदार्थ महँगो हुँदा स्वदेशी उत्पादन लागत बढ्ने र प्रतिस्पर्धामा पछि पर्ने अवस्था रहेको बताए। उनले विकसित मुलुकहरूको उदाहरण दिँदै कच्चा पदार्थमा कर छुटको नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

पुनले बौद्धिक सम्पत्तिको संरक्षणका लागि देशमै व्यवस्थित पेटेन्ट कार्यालयको आवश्यकता औंल्याए। हाल आविष्कार दर्ताका लागि विदेश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसलाई सहज बनाउन सरकारी सहयोग आवश्यक रहेको बताए।

त्यसैगरी, नयाँ उद्यमी र आविष्कारकलाई प्रारम्भिक चरणमा कर छुट दिनुपर्ने र अनुसन्धानलाई दीर्घकालीन योजना अन्तर्गत समेट्नुपर्ने सुझाव पनि उनले दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?