National life

कर्जाको माग सुस्तिँदा बैंकहरूको ब्याज खर्च १ खर्ब १३ अर्बमा सीमित, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
1KShares
कर्जाको माग सुस्तिँदा बैंकहरूको ब्याज खर्च १ खर्ब १३ अर्बमा सीमित, कुनको कति ?
ncell

काठमाडौं । निजी क्षेत्रबाट कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूमा निक्षेप थुप्रिँदै गएको छ, जसका कारण बैंकहरूको ब्याज खर्च उल्लेख्य रूपमा घटेको छ। पछिल्ला दुई वर्षयता कर्जाको माग सुस्त रहँदा बैंकहरूले सबै प्रकारका निक्षेपमा ब्याजदर घटाएका छन्, जसको प्रत्यक्ष असर ब्याज खर्चमा देखिएको हो।

कर्जाको माग कमजोर रहेपछि बैंकहरूले मुद्दती, बचत तथा अन्य निक्षेपमा दिने ब्याजदर क्रमशः घटाएका छन्। पछिल्लो समय साधारण बचतकर्ताहरूले पनि मुद्दती निक्षेपबाट बचत खातातर्फ निक्षेप सार्न थालेका छन्, जसमा ब्याजदर तुलनात्मक रूपमा कम हुने भएकाले बैंकहरूको कुल ब्याज खर्च घट्न थप मद्दत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको कुल ब्याज खर्च १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यो रकम गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा १७.६६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ब्याज खर्च १ खर्ब ३७ अर्ब ४६ करोड ९० लाख रुपैयाँ रहेको थियो।

बैंकगत रूपमा हेर्दा, नेपाल बैंक लिमिटेडको ब्याज खर्च चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १४.६४ प्रतिशतले कमी हो। गत आवको मंसिर मसान्तसम्म बैंकको ब्याज खर्च ५ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ थियो।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ब्याज खर्च ८.५८ प्रतिशतले घटेर ६ अर्ब ८९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। गत आवमा बैंकको ब्याज खर्च ७ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ रहेको थियो। अन्य वाणिज्य बैंकहरूको ब्याज खर्च विवरणअनुसार नबिल बैंकको ९ अर्ब ३८ करोड २२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ अर्ब १८ करोड ४३ लाख, स्ट्यान्डर्ड चाटर्ड बैंकको १ अर्ब ४६ करोड ९९ लाख, हिमालयन बैंकको ५ अर्ब ९६ करोड ८२ लाख, नेपाल एसबीआई बैंकको ३ अर्ब ९१ करोड ९२ लाख, एभरेष्ट बैंकको ४ अर्ब ७१ करोड ७ लाख र एनआईसी एसिया बैंकको ६ अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेको छ।

मंसिर मसान्तसम्म माछापुच्छ्रे बैंकको ब्याज खर्च ३ अर्ब २९ करोड १७ लाख, कुमारी बैंकको ७ अर्ब ३ करोड ५४ लाख, लक्ष्मी सनराइज बैंकको ६ अर्ब ३९ करोड ४९ लाख, सिद्धार्थ बैंकको ५ अर्ब १२ करोड ४४ लाख, कृषि विकास बैंकको ४ अर्ब ९६ करोड ६५ लाख तथा ग्लोबल आईएमई बैंकको ब्याज खर्च १० अर्ब ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, सिटिजन्स बैंकको ब्याज खर्च ३ अर्ब ८५ करोड ७६ लाख, प्राइम बैंकको ५ अर्ब ७१ करोड १४ लाख, एनएमबी बैंकको ४ अर्ब ९७ करोड ९ लाख, प्रभु बैंकको ५ अर्ब ७१ करोड १४ लाख र सानिमा बैंकको ४ अर्ब २४ करोड ८६ लाख रुपैयाँ रहेको छ। निक्षेप बढ्दै जाँदा कर्जाको माग अपेक्षाकृत कमजोर रहनु, ब्याजदर घट्नु तथा निक्षेप संरचनामा आएको परिवर्तनका कारण वाणिज्य बैंकहरूको ब्याज खर्चमा चालु आर्थिक वर्षमा उल्लेख्य गिरावट देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?