National life

कर्मचारी बिनियमावली कार्यान्वयनमा नआएको भन्दै राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
1.1kShares
कर्मचारी बिनियमावली कार्यान्वयनमा नआएको भन्दै राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारी संगठनको आह्वानमा कम्पनीका कर्मचारीहरुले आन्दोलन गरेका हुन् । २०७९ असोज ४ गते माग पत्र पेस गरेकोमा माग पुरा नभएपछि कर्मचारी संगठन पुनःआन्दोलनमा उत्रिएको राष्ट्रिय बीमा कम्पनी वित्तीय कर्मचारी संघका अध्यक्ष दिपकराज पाण्डेले बताए।

उनका अनुसार गत वर्षको साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भए पनि कार्यान्वयनमा व्यवस्थापनले चासो नराखेको भन्दै कर्मचारीले असन्तुष्टी जनाउँदै आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो चरणमा सबै कर्मचारीले ७ दिन कालोपट्टी बाँधेर काम गरेको, दोस्रो चरणमा सबै कर्मचारीले दिन कालोपट्टी बाँधेर काम गर्ने तथा सिइओ कार्यालय अगाडि धर्ना दिएको पाण्डेको भनाई छ ।

‘कर्मचारी बिनियमावली २०७४ले परिकल्पना गरेको कार्यविधि कार्यावन्यन नभएको भन्दै हामी आन्दोलित भएका हौँँ’ उनले भने, ‘त्यो कार्यविधिमा कल्याण कोषको व्यवस्थापन गर्ने, कर्मचारीहरुलाई पेश्की तथा सापटी दिनुपर्छ भन्ने कार्यविधि, कल्याणकारी कोष सम्बन्धी व्यवस्था, प्रोत्साहनमा आधारित भत्ता लगायतका कुराहरु समेटिएको बिनियमावली पुर्ण रुपमा कार्यावन्यन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ ०७४ सालबाटै लागु गर्नुपर्ने भएपनि अहिले यहि साउनको १ गतेबाट लागु गर्छौँ भन्ने प्रतिवद्धता जनाए पनि गर्न सक्नुभएन ,उहाँ अफिस पनि आउन सक्नुभएन । उनले भने ।’ ‘ उहाँले पटक–पटक हामीसँग बाचा गर्नुभएको छ, मैले साउन १ गतेबाट यो कार्यान्वयन गर्न नसके तपाईँहरूसँगै चौरमा आउँछु भन्नुभएको थियो, उहाँसँग कुनै अप्सन नै छैन,’ उनले भने । सिइओको अनुपस्थिती अति नै गैर जिम्मेवार भएको उनले बताए ।

वस्तुगत रुपमा तत्कालै आफुहरुले पाउनुपर्ने सुविधा ६ वर्ष सम्म पनि नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको ट्रेड युनियनका उपाध्यक्ष सबिन पौडेलले बताए । आफ्नो प्रतिवद्धतामा अडिन नसक्ने, आफ्नो अधिकार बुझ्न नसक्ने, कर्तव्यबाट च्युत भएको नेतृत्वको छत्रछायाँमा रही संस्थागत उन्नती प्रगतिको लागि कार्य गर्न कठिन भएको भन्दै कर्मचारीहरु आन्दोलन गर्न बाध्य भएको पौडेलको भनाई छ ।

कर्मचारी ट्रेड युनियनका प्रतिनिधि सहित अर्थ मन्त्रालयको प्रतिनिधि संयोजक रहि गठन भएको समितिको प्रतिवेदन कार्यान्वयन गर्न के कति कारणले व्यवस्थापन असक्षम रह्यो ? सञ्चालक समितिको अध्यक्ष संयोजक रहेको, अन्य सञ्चालक आमन्त्रित रहेको मानव संशोधन समितिको सिफारिस कार्यान्वयन के कति कारणले हुन सकेन रु हामीहरु यी तमाम प्रश्नहरुको स्पष्ट कार्यान्वयन तथा उत्तर चाहन्छौ भन्दै युनियनका कर्मचारीहरुले प्रश्न गरेका छन् ।

कर्मचारीहरुलाई पटक पटक आश्वासन दिने तर ठोस नतिजा नदिने गैर पेशागत प्रवृत्ति र नेतृत्वलाई जिम्मेवार बोध गराउन तथा कम्पनीको विद्यमान नीति नियमहरुको पुर्ण कार्यान्वयन र परिचालन गराउन दबाब दिनु पर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेका कारण दोस्रो चरणको आन्दोलन गरेको पौडेलले बताएका छन् । यसरी पनि आफुहरुको माग पुरा नभए तेस्रो चरणको आन्दोलन गर्न पछि नपर्ने कर्मचारीहरुले बताएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?