National life

कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै नेप्सेमा ठुलो गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ जेठ २०८०, बुधबार
858Shares
कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै नेप्सेमा ठुलो गिरावट
ncell

काठमाडौं । बुधबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आज नेप्से परिसूचक ३८.८३ अंक घटेर १८४९.७९ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२० अंक घटेको छ।

बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से ओरालो लागेपनि यस दिन आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १८१ रुपेयाँ ८० पैसा बढेर २०० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन माई खोला हाइड्रोपावरको शेयरमूल्य ६.४३ प्रतिशत बढेको छ।

यस दिन युनिलिभर नेपालको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एशियन हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?