National life

काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो स्वास्थ्य बीमा कसरी पाउँछन् सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
501Shares
काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो स्वास्थ्य बीमा कसरी पाउँछन् सुविधा
ncell

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधवार काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ।

‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्द्ध केन्द्रलाई शोध भर्ना गर्ने महानगरले जनाएको छ ।

अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ‘यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइनेछ’, महानगरका स्वास्थ्य प्रमुखले बताएका छन् ।

महानगरपालिकाले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण किनिरहेको छ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् ।

बीमितले बीमा गरेको मितिले ३ महिनापछि सेवाग्राहीले प्रथम सम्पर्क विन्दुको रूपमा कुनै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सुविधा प्राप्त गर्नेछन् । ‘महानगरपालिकामा अहिले तयार भएको वडा नं ९, ८ र ३० को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सुरुको सेवा विन्दुको रूपमा लिएका छौं, दर्ता सहयोगीको तालिम सकिँदा सेवा दिन तयार अन्य स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूलाई पनि प्रथम सेवा विन्दु बनाउन सकिन्छ’, महानगरको स्वास्थ्य विभाग प्रमुखले जानकारी दिएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?