National life

काठमाडौँ मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
1.1kShares
काठमाडौँ मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण अनुमति
ncell

काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले (केएमसी) कलेजो प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र पाएको छ।

शुक्रवार स्वास्थ्य सेवा विभागले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ मेडिकल कलेजबाट दिइएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा यस संस्थालाई कलेजो प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न अनुमति दिने गरी मिति २०८१र५र०७ मा निर्णय भएको जनाएको छ ।

यस अघिसम्म केएमसीले मृगौला प्रत्यारोपण सम्बन्धी मात्र अनुमति पाएको थियो भने अब कलेजो प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमति पनि पाएको छ। मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ५ (१) बमोजिम उक्त अनुमति पत्र दिइएको विज्ञप्तिमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?