National life

काठमाडौंबाट ८ लाख बढी नागरिक बाहिरिए : आज रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२० फागुन २०८२, बुधबार
1.2kShares
काठमाडौंबाट ८ लाख बढी नागरिक बाहिरिए : आज रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक
ncell

काठमाडौं। आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदानका लागि आ–आफ्नो गृहजिल्ला फर्कने क्रममा हालसम्म करिब ८ लाख १० हजार नागरिक उपत्यका बाहिरिइसकेका छन्।

निर्वाचनको शान्ति सुरक्षा र समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन आज राति १२ बजेदेखि उपत्यकाभित्र सवारी साधन सञ्चालनमा कडाइका साथ रोक लगाइने भएको छ। प्रहरीका अनुसार निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनहरू मात्र सञ्चालनमा रहनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निजी तथा सार्वजनिक यातायातका साधन भने पूर्ण रूपमा बन्द रहनेछन्।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई मुख्य सडक, चोक तथा संवेदनशील स्थानहरूमा बाक्लो रूपमा परिचालन गरिएको छ। यात्रु चाप बढेका बसपार्क, नाकाहरू तथा बाहिरिने मार्गमा विशेष निगरानी र व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार हालसम्म उपत्यकाको चुनावी माहोल शान्तिपूर्ण रहेको छ। कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था थप कडा बनाइएको र जिल्ला प्रशासन कार्यालय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्ति सुरक्षाको विस्तृत योजना कार्यान्वयन भइरहेको जनाइएको छ।

सवारी आवतजावतमा रोक लगाइएकाले सर्वसाधारणलाई निर्वाचन आयोगका नियम तथा निर्देशनको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ। अत्यावश्यक काम परेमा मात्र अनुमति प्राप्त सवारी साधन प्रयोग गर्न र सुरक्षाकर्मीको सहयोग लिन समेत अनुरोध गरिएको छ।

प्रहरीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै नागरिकको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सतर्कता र संयमता अपनाउन अपिल गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?