National life

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : स्थानीय मदिराको ब्राण्डिङ, ५ हजार नयाँ रोजगारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
580Shares
काठमाडौं महानगरको नीति तथा कार्यक्रम : स्थानीय मदिराको ब्राण्डिङ, ५ हजार नयाँ रोजगारी
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार राष्ट्रिय सभा गृहमार्फत मेयर बालेन (बालेन्द्र) शाहले आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानी पियपदार्थ (मदिरा) को ब्राण्डिङ गर्नेदेखि महानगरभित्र ५ हजार नयाँ रोजगारी सिर्जना गर्नेसम्मको उद्घोष गरेका छन् । यद्यपि, यो लक्ष्य कति वर्षमा पुरा गर्ने हो सो भने मेयर बालेनले खुलाएका छैनन् ।

काठमाडौँ महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ रहेको मेयर बालेनले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको जनाएका शाहले काठमाडौं महानगरपालिकालाई सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुवान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौँ निर्माण गर्ने नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन् ।

महानगरवासीको जीवनयापनलाई गुणस्तरयुक्त बनाउन सिप विकास र रोजगारीका अवसरहरु सिर्जना गर्ने, खाद्य सुरक्षा तथा पोषण, स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता र समाबेशीकरण, खानेपानी तथा सरसफाइको उपलब्धताको सुनिश्चितता गर्दै भरपर्दो, समावेशी र मर्यादित पेशा प्रवर्धन गर्ने किसिमका कार्यक्रमहरु तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ । उत्थानशील पूर्वाधारको निर्माण गर्ने, उर्जाको अधिकतम उपयोगमा सबैको पँहुच सुनिश्चित गर्ने, स्थानीय श्रोतमा आधारित उद्योगको प्रवर्धन गर्ने र नवीनतम खोजलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने मेयर बालेनले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

प्रविधिमैत्री प्रशासनका माध्यमबाट राजस्वको दायरा फराकिलो बनाउने उद्घोष गरेका मेयर बालेनले योजना तर्जुमा, बजेट विनियोजन, कार्यान्वयन तथा अनुगमन एवं मुल्याङ्कनमा प्रविधिको अधिकतम प्रयोग गरी नतिजामुखी पूँजीगत खर्चमा वृद्धि गरिने समेत बताएका छन् ।

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा महानगर गौरवका योजनाहरू मार्फत प्रमुख समस्याहरूको समाधानका साथैसुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्माण गर्दै काठमाडौँ महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रूपमा स्थापित गरिने उद्घोष समेत मेयर बालेनले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?