National life

काठमाडौं महानगरबाट ५२ हजार बढीले निःशुल्क कानुनी सेवा लिएको उपप्रमुख डङ्गोलको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
558Shares
काठमाडौं महानगरबाट ५२ हजार बढीले निःशुल्क कानुनी सेवा लिएको उपप्रमुख डङ्गोलको भनाई
ncell

काठमाडौं। हालसम्म काठमाडौं महानगरपालिकाबाट ५२ हजार ७४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन्।

कानुन दिवसका अवसरमा विशेष अदालतले आज आयोजना गरेको कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित महानगरले निःशुल्क कानुनी सेवा दिँदै आएको जानकारी दिएका छन् ।

कानुनी राज्य स्थापना गर्न कानुनी सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्छ । यसैका लागि हामीले निःशुल्क कानुनी सेवाको सुरुआत गरेका छौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हालसम्मको तथ्याङ्कअनुसार ५२ हजारभन्दा बढीलाई सेवा दिएका छौं ।’ डङ्गोलले भने

उपप्रमुख डङ्गोलले महानगरले हालसम्म ८३ पटक सुनुवाइ गरी ६८५ वटा विवादमध्ये ३२६ वटा निर्णय गरिसकेको र ९० वटा मेलमिलापबाट समाधान गरिएको जानकारी दिए । उनले निःशुल्क कानुन सेवासँगै काठमाडौँमा मेलमिलापको सङ्ख्यामा पनि वृद्धि भएको जानकारी दिए ।

हामीले कानुनी सेवालाई पहुँचयोग्य बनाउन ३२ वटै वडामा मेलमिलाप केन्द्र र महिला सञ्जालको स्थापना गरेका छौं । लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न, सरल, सहज अनि समयमै न्यायको अनुभूति गर्ने अवस्था बनोस् भनेर सञ्जाल बनाएका छौं ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?