काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल पाँच हजार ३३४ मत ल्याए विजयी भएका हुन् ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।
यो नगरपालिका यसअघि ०७९ को निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो ।
त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
त्यतिबेला नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले ४ हजार ९० मत प्राप्त गरेका थिए ।


































