National life

कीर्तिपुरका स्वतन्त्र उम्मेदवार महर्जनलाई भोट माग्दै धरानका मेयर साम्पाङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
727Shares
कीर्तिपुरका स्वतन्त्र उम्मेदवार महर्जनलाई भोट माग्दै धरानका मेयर साम्पाङ
ncell

काठमाडौँ। सधैँ चर्चामा रहिरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् ।

महर्जनको समर्थन गर्दै धरानबाट काठमाडौँ आएका मेयर साम्पाङले कीर्तिपुर नगरपालिका बासिन्दाको घरदैलोमा पुगेर महर्जनलाई भोट दिन आग्रह गरिरहेका छन्।

धरानका मेयर साम्पाङले आफूलेझै नगरप्रति समर्पित भएर काम गर्ने इमानदारता र क्षमता राजमानमा देखेकै कारण उनको समर्थन गरेको जनाएका छन् । चुनाव प्रचारका लागि जनताको घरदैलोमा पुगेका साम्पाङले स्वतन्त्रहरूलाई काम गर्न कसैको दबाबमा बस्नु नपर्ने भएको कारण स्वतन्त्रको जीतले मात्रै कीर्तिपुरको विकास सम्भव भएको भन्दै भोट अपिल गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू एक ठाउँमा जुटिरहेको देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?