National life

१७ मत पाएका हर्क साम्पाङका प्रतिस्पर्धी डा. रक्षकुमार राईको चुनाव खर्च ४० हजार

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
1KShares
१७ मत पाएका हर्क साम्पाङका प्रतिस्पर्धी डा. रक्षकुमार राईको चुनाव खर्च ४० हजार
ncell

काठमाडौँ। सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका मितेरी पार्टी नेपालका उम्मेदवार डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले चुनावी अभियानका क्रममा कुल ४० हजार ७४० रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।

खर्च विवरणमा पेट्रोल, खाजाका परिकार तथा पेय पदार्थहरू प्रमुख शीर्षकमा देखिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विवरणअनुसार उनले ५० लिटर पेट्रोल प्रयोग गरेका छन् भने खाजातर्फ १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यूमा खर्च भएको उल्लेख छ।

त्यस्तै पेय पदार्थतर्फ ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च समावेश गरिएको छ। यसबाहेक उनले १०० छाक सादा खानामा १५ हजार रुपैयाँ खर्च गरेको र ५० लिटर पेट्रोलका लागि ८ हजार २५० रुपैयाँ लागेको जानकारी दिएका छन्।

३९ वर्षीय डा. राईले यस निर्वाचनमा कुल १७ मत प्राप्त गरेका थिए। सोही निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै जित हासिल गरेका थिए।

डा. राईले अत्यधिक खर्च हुने प्रकारको प्रचारप्रसार नगरेको बताउँदै त्यसबाट बचत भएको रकम युवाहरूको रोजगारी सिर्जनामा लगाउने योजना रहेको बताएका छन्। आयोगमा बुझाइएको फारमको नोटमा अनावश्यक भौतिक प्रचार सामग्रीमा हुने खर्च घटाएर उक्त रकम युवालाई रोजगारी उपलब्ध गराउन प्रयोग गर्ने उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?