National life

मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्क साम्पाङको टिप्पणी – ‘स्रोत खुलाउनुपर्छ।’

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
1.1kShares
मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्क साम्पाङको टिप्पणी – ‘स्रोत खुलाउनुपर्छ।’
ncell

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले केवल सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्याप्त नभएको उल्लेख गरेका छन्। उनका अनुसार सम्पत्तिको वास्तविक स्रोतसमेत खुलाउन आवश्यक छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्ट्याइदिनु पर्छ ।’

उनले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण आएको भए पनि त्यसको उत्पत्तिबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्। स्रोत नखुलाइएको सम्पत्तिलाई शंकाको दृष्टिले हेर्न सकिने भन्दै उनले पारदर्शिताका लागि यसको स्पष्टिकरण आवश्यक रहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?