काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन्।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङले ४ हजार ८०९ मत प्राप्त गरेका छन्। यससँगै साम्पाङ हाल १ हजारभन्दा बढी मतान्तरले अग्रस्थानमा रहेका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य बहादुर भट्टराईले १ हजार २९१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका टिकाराम लिम्बुले ९६४ मत पाएका छन् भने नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ८९८ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ। प्रारम्भिक मतपरिणामले भने सुनसरी–१ मा हर्क साम्पाङको बलियो उपस्थिति देखिएको छ।


































