National life

कुन–कुन देशमा कसरी मनाइन्छ दशैं ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
687Shares
कुन–कुन देशमा कसरी मनाइन्छ दशैं ?
ncell

हिन्दू नेपालीहरुको महान चाड दशैं नेपालमा भव्यताका साथ मनाइन्छ। पछिल्लो समय नेपालमा मात्र नभएर बाहिरका देशमा पनि मनाउन थालिएको पाइएको छ । हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्ति पीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिबाद ग्रहण गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नवरात्रीभर सप्तशती ९चण्डी० पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरूको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्दछन् ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दशैं मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जिलिङ लगायतका नेपाल भाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ ।

पश्चिम बंगालमा दशैं नव दुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।

आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दशैं मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आराधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।

गुजरातमा दशैंको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुई वटा साना–साना रङ्गाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य गर्दछन्।

त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बिचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।

भारतबाहेक बङ्गलादेश बर्मा, भुटान, श्रीलङ्का र इन्डोनेसियामा पनि दशैं मनाइन्छ । मनाउने शैली केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।

करिब १ लाख नेपाली भाषी रहेको बर्मामा पनि दसैँ मनाइन्छ । नेपाल भाषीको बाहुल्यता रहेको पूर्व राजधानी सहर यांगुन, मण्डला पिन यु एलवीन, मोगोक, तमु, कोलामय, ताउनगीमा दशैं मनाइन्छ ।

वर्मापछि बङ्गलादेशमा पनि दशैं मनाइन्छ । १६ करोड जनसंख्या भएको बङ्गलादेशमा १४ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । त्यहाँ भएका हिन्दु धर्मावलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बङ्गलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् । त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पनि हिन्दुहरूले दशैं मनाउँछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?