काठमाडौँ । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आइपीओ बाँडफाँट गरेको हो ।
आइपीओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए।
जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र सेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। सेयर प्राप्त गरेकाहरू मध्यबाटै थप ५ जनालाई १.१ कित्ता गरी ११ कित्ता सेयर पारिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
नतिजा यी तरिकाबाट हेर्नुहोस्
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/ipo-result
मेरो सेयरबाट: https://meroshare.cdsc.com.np/#/login


































