National life

खराब कर्जाको चेपुवामा वाणिज्य बैंक, गैरबैकिङ सम्पत्ति समेत बढ्दो क्रममा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
756Shares
खराब कर्जाको चेपुवामा वाणिज्य बैंक, गैरबैकिङ सम्पत्ति समेत बढ्दो क्रममा
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह हुन नसकिरहेको समयमा प्रवाह भएको कर्जा समेत नउठेको कारण बैंकहरुको खराब कर्जा निरन्तर चुलिएको छ। पुस मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरुको खराब कर्जा अधिकतम ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

बैंकहरुले आज सार्वजनिक गरेको वित्तीय विवरणको रिर्पोटले यस्तो देखाएको हो। अर्थतन्त्र चलायमान नहुँदा वित्तीय चक्रमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर वाणिज्य बैंकहरुमा देखिन थालेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ वटा बैंकहरुको खराब कर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराब कर्जा ३ प्रतिशतमै सीमित भएको छ।

जस अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ। असोज मसान्तसम्म बैंकको खराब कर्जा ४.९६ प्रतिशत थियो। पुस मसान्तमा बैंक आफैले निकालेको अपरिष्कृत वित्तीय विवरणमा भने खराब कर्जा ६.९६ प्रतिशत पुगेको देखिएको हो।औसतमा भने वाणिज्य बैंकहरुको खराब कर्जा ४.३३ प्रतिशतमा देखिएको हो। त्यसका साथै, प्रभु बैंकले ५.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ५.८६ प्रतिशत र लक्ष्मी सनराईज बैंकले ५.६७ प्रतिशत देखाउँदा  अन्य १० वाणिज्य बैंकहरुको ४ प्रतिशत माथि छन्।

खराब कर्जा बढे पनि नेपाल एसबीआई बैंकले भने ३.५५ प्रतिशतमा राखेको हो। ब्याजदर घटेर एकल विन्दुमा आइपुग्दा पनि कर्जा प्रवाह गर्न नसकेका बैंकहरुले यहि समयमा ऋणीबाट कर्जा समेत उठाउन सकिरहेका छैनन् । पुस मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैकहरु मध्ये १५ वटाको खराब कर्जा रेसियो गत असोजको भन्दा बढेको छ भने ४ वटा बैंकको घटेको छ।

यस अवधिमा हिमालयन बैंकले ४.९८ प्रतिशत र नेपाल बैंकले ४.९९ प्रतिशत खराब कर्जा देखाएका छन् । यस्तै सिटिजन्स बैंकले ४.८५ प्रतिशत खराब कर्जा देखाउँदा माछापुच्छ्रे बैंकले ४.५४ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.८६ प्रतिशत, एनआइसी एसिया बैंकले ४.६१ प्रतिशत, सिद्धार्थ बैंकले ४.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.९६ प्रतिशत र कृषि विकास बैंकले ४.९ प्रतिशत खराब कर्जा देखाएका छन् । यस्तै नेपाल एसबीआई बैंकले खराब कर्जा ३.५५ प्रतिशत देखाउँदा  सानिमा बैंकले ३.२२ प्रतिशत र  एनएमबी बैंकले ३.९६ प्रतिशत देखाएका छन्।

दोस्रो त्रैमासमा आइपुग्दा नबिल बैंकले खराब कर्जा १.७ प्रतिशतमा झारेको छ। अपरिष्कृत वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जा लुकाउने गरेको भन्दै राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरूमाथिको निगरानी थप बढाएको छ। हिमालयन बैंकले खराब कर्जा ४.९८ प्रतिशत रहेको उल्लेख गरेको छ। खराब कर्जासँगै बैंकहरुसँग रहेको गैरबैकिङ सम्पत्ति पनि बढ्ने क्रममा छ। गत असारसम्म वाणिज्य बैंकहरुसँग ३८ अर्ब माथिको गैरबैकिङ सम्पत्ति छ।

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?