National life

गणतन्त्र र राजावादीको शक्ति प्रदर्शनी: यी स्थानबाट निस्किँदै छ जुलुस, ८ सय ट्राफिक सडकमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
489Shares
गणतन्त्र र राजावादीको शक्ति प्रदर्शनी: यी स्थानबाट निस्किँदै छ जुलुस, ८ सय ट्राफिक सडकमा
ncell

काठमाडौँ। आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन लागिपरेका पूर्वराजा समर्थकले काठमाडौँका सडकमा शक्ति प्रदर्शन गर्दै छन् । भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ । त्यसका लागि आज सुरक्षा व्यवस्थाका साथै सवारी आवागमनमा पर्ने प्रभाव पर्ने देखिन्छ ।

प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सात दोबाटो, ग्वार्को, कोटेश्वर हुँदै तीनकुने आउने छ ।

Royal Enfield
nic asia capital
यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ ।

साथै, गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ । समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रै सीमित राख्ने प्रशासनको योजना रहेको छ ।

मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनी मार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ। कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनी मार्ग पुग्नेछन् । सोह्र खुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

यसरी रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

प्रदर्शनका कारण आउन सक्ने विभिन्न सवारी आवागमन सम्बन्धी जोखिमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन गरिनुका साथै एक हजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी छ ।

सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनकुने र प्रदर्शनी मार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ५ सय प्रहरी खटाउने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?