National life

गभर्नर अधिकारीको कार्यकाल सकिँदै, नयाँ गभर्नरमा झन्डै २ दर्जनको मोह, को कति बलियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
982Shares
गभर्नर अधिकारीको कार्यकाल सकिँदै, नयाँ गभर्नरमा झन्डै २ दर्जनको मोह, को कति बलियो ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत अन्तिम साता सकिँदै छ। उनको कार्यकाल समापनको दिन गन्ती सुरुभएसँगै नयाँ गभर्नरबारे सर्वत्र चासो फैलिएको हो । कानुन अनुसार कार्यकाल सकिनु भन्दा एक महिना अगावै बिदा बस्न सक्ने प्रावधान छ। यस प्रावधानका आधारमा गभर्नर अधिकारी बिदामा बसेको खण्डमा अधिकारीले चानचुन हप्ता दिन मात्रै राष्ट्र बैंकको गभर्नरको नेतृत्व सम्हाल्ने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गभर्नर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकारको ढुकुटी रहने, बैंकहरुलाई नियमन गर्ने, नयाँ नोट जारी गर्ने र नोटमा अस्ताक्षर गर्ने भएकाले पनि गभर्नर पद निकै आकर्षक मानिन्छ । मुलुकको अर्थतन्त्रलाई कुन दिशामा डोर्‍याउने भनेर निर्णायक भूमिका निर्वाह गर्ने भएकाले नेपालमा मात्रै होइन विश्वमानमै केन्द्रीय बैंकको गभर्नर पद प्रतिको आकर्षण उत्तिकै छ। यस मानेमा आगामी गभर्नर को बन्ला भन्ने जिज्ञासा र चर्चा चुलिनु सामान्य नै भयो नै ।

गभर्नर अधिकारीको कार्यकाल अन्तिम बिन्दुमा आएसँगै भावी गभर्नरका आकंक्षीहरुको शक्ति केन्द्रसँग निकटता बढाउन डौडधूप सुरु भएको छ। एक गोप्य स्रोतका अनुसार वर्तमान सत्ता गठबन्धनका दल काँग्रेस र एमालेबिच राष्ट्र बैंकको गभर्नर कसको भागमा राख्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको जनाएको छ ।

एमालेको नेतृत्वमा सरकार रहेको र अर्थमन्त्री समेत एमालेकै भएको कारण गभर्नर एमालेले नै हुन सक्ने धेरैको अनुमान छ। एमाले निकट स्रोतका अनुसार राष्ट्र बैंकको गभर्नर एमालेकै भागमा पर्ने सम्भावना चुलिएको छ। तर उक्त विषय सार्वजनिक भने भएको छैन् ।

भावी गभर्नरका आकांक्षीहरुले शक्ति केन्द्रसँग निकट भएर लभिङ सुरु गरी सकेका छन् । गभर्नरका लागि झण्डै २ दर्जन बढीको आकांक्षा देखिएको भए पनि केहीको भने सम्भावना र भेटघाट बाक्लिएको बुझिएको छ । हालका गभर्नर अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नै २०७६ साल चैत २४ गते गभर्नर नियुक्त गरेको हो। उनी नेकपा एमालेनिकट मानिन्छन्।

नेपालमा हाल भएका नियामक निकायहरूमध्ये सबैभन्दा बढी स्वायत्त, कानुनी तथा जनशक्ति एवं प्राविधिक रूपमा पनि सक्षम तथा देखिने गरी नियामकको भूमिकामा संलग्न केन्द्रीय बैंक अन्य नियामक निकायभन्दा बढी नै महत्त्वपूर्ण पनि छ।

गभर्नरका लागि को को छन् आकांक्षी उम्मेदवार ?

गभर्नर अधिकारी कार्यकाल सकिन केही साता मात्रै बाँकी छ । यो सँगै राष्ट्र बैंकको १८ औँ गभर्नरको नेतृत्व सम्हाल्नको लागी आकांक्षीहरुको लर्को लागेको छ ।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नर सिफारिस गर्नुपर्ने हुनाले हाल रहेका दुई डेपुटी गभर्नर स्वतः आकांक्षीका रूपमा उभिएका छन्। त्यस बाहेक विभिन्न बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीइओ), राष्ट्र बैंककै केही पूर्वकार्यकारी निर्देशकहरू तथा केही पूर्वप्रशासकहरू केन्द्रीय बैंकको १८औँ गभर्नरको दौडमा देखिन्छन्।

गभर्नरको लाइनमा डा.नीलम ढुंगाना अगाडि मानिन्छिन्। ढुंगाना नेपालको पहिलो महिला गभर्नर बन्ने सम्भावना चुलिएको छ। उनी सत्तारुढ नेकपा एमालेसँग नजिक र सत्ता साझेदार नेपाली कांग्रेसले पनि उनको नाममा आपत्ति नजनाउने संकेत देखिएको छ।  त्यस्तै, अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र गभर्नरको दौडमा देखिएका छन्। मिश्रले व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

१८औँ गभर्नरको अर्को बलियो प्रतिस्पर्धी राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठ पनि हुन् । अर्थमन्त्री विष्णु पौडेलनिकट मानिएका श्रेष्ठले कार्यकारी निर्देशकको रूपमा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका छन्।अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठले अस्ट्रेलियाको कार्टिन विश्वविद्यालयबाट अर्थशास्त्र र वित्त विषयमा स्नातकोत्तर र द न्यु स्कुल विश्वविद्यालय अमेरिकाबाट विद्यावारिधि गरेका छन्।

यस्तै, गभर्नर पदमा प्रतिस्पर्धीको रूपमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्ट मानिन्छन्। उनी नेपाली काँग्रेस निकट मानिन्छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा गोल्ड मेडलिस्ट भट्ट हाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख छन्।  यीबाहेक गभर्नर पदका आकांक्षीमा राष्ट्र बैंककै क्याडर तथा हाल सञ्चालक सदस्य रविन्द्र पाण्डे पनि छन्। नेपाली काँग्रेस संस्थापननिकट पाण्डे राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका हुन्।

यस्तै, गभर्नर पदका अर्का आकांक्षीमा नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उभिएका छन्। निर्णय क्षमतामा अब्बल मानिएका नेपाली कांग्रेसनिकट ढुंगाना र प्रभु बैंकको सफल नेतृत्व गरेको अनुभव रहेका अशोक शेरचन व्यावसायिक क्षमतासँगै नेकपा एमालेनिकट मानिन्छन्।

यस्तै, नेकपा एमालेनिकट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि गभर्नरका लागि चर्चामा छन्।

साथै यस बाहेक माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला,लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख सुशील भट्ट, पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रमण नेपाल तथा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री समेत सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।

यता आम नागरिक र केही बैंक वित्त जानकारहरूले भने राष्ट्रबैंकको नेतृत्वमा क्षमतावान्, निस्वार्थ र सत्ता मोह नभएको खस्किँदो अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने व्यक्ति आउनुपर्ने माग गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
982SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?