National life

गभर्नर पौडेल सेयर बजारप्रति लचक : लगानीकर्ताद्वारा मौद्रिक समीक्षाको स्वागत , कसले के भने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
1.2kShares
गभर्नर पौडेल सेयर बजारप्रति लचक : लगानीकर्ताद्वारा मौद्रिक समीक्षाको स्वागत , कसले के भने ?
ncell

काठमाण्डौं । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेल गभर्नर नियुक्त भएपछिको पहिलो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक गर्दै शेयर बजारप्रति नरम र सकारात्मक देखिएका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले सबै खालका शेयर धितो कर्जाको जोखिम भारलाई घटाएर १०० प्रतिशत कायम गरिने घोषणा गरेसँगै लगानीकर्ता हौसिएका छन् ।

यसअघि निश्चित रकमको सीमासम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत रहे पनि ठूला कर्जाको यस्तो भार १२५ प्रतिशत रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गभर्नरको पहिलो यो कदमले शेयर धितो कर्जाको सीमा नाघेर थप कर्जा दिन नसक्ने अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई सहज हुने भएको छ ।

https://www.youtube.com/watch?v=zksUO-w-4Qs

शेयर धितो कर्जाको जोखिम भारलाई घटाएर १०० प्रतिशत कायम गरेसँगै शेयर लगानीकर्ता तथा विश्लेषकहरूले आ-आफ्नो धारणा सार्वजनिक गरेका छन् । धेरैजसोले उक्त निर्णय स्वागत योग्य भएको भन्दै गभर्नर डा.पौडेलको प्रशंसा गरेका छन् ।

जस अनुसार विश्लेषक तिलक कोइरालाले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रबैंकले शेयर बजारमा कर्जा बढ्ने फराकिलो बाटो खोलेको र पुजीकोष खुम्चिएका बैंकहरुले समेत कर्जा बढाउन सकिने मार्ग बनेको जनाएका छन् । त्यस्तै अर्का विश्लेषक सुवास चन्द्र भट्टराई राष्ट्रबैंकले सेयर किन्नु भन्दैन तर संकेत चाहि गर्छ भन्दै यसले सकारात्मक माहौल सृजना गरेको बताएका छन् ।

त्यस्तै, अर्का विश्लेषक तारा प्रसाद फुल्लेलले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक रहेको भन्दै बजारमा तरलता बढाउन र लगानीकर्ताको मनोबल बढ्नमा सहयोग गर्ने बताएका छन् । उनले मुद्रास्फीति नियन्त्रणमा रहनुको साथै, मूल्य स्थिरता कायम रहेकाले अर्थतन्त्रप्रति विश्वास बढ्ने र आर्थिक स्थायित्वको संकेत गर्नुको साथै लगानी वातावरणमा विश्वास जगाउने धारणा प्रकट गरेका छन् ।

साथै अर्का विश्लेषक तथा लगानीकर्ता छोटेलाल रौनियार गभर्नर नियुक्तिको हप्तादिन नहुँदै आएको मौद्रिक नीतिको समीक्षा समग्रमा प्रशंसा योग्य भएको बताएका छन् । रौनियारले गभर्नर बजारमैत्री देखिएको संकेत देखाएको धारणा राखेका छन्  ।

शेयर बजारमा तत्काल भएको समस्या शेयर धितो कर्जाको जोखिम भार सहित माइक्रो फाइनान्स कम्पनीहरूको लगाइएको क्याप लगायतका अन्य पनि थिए तथापि एउटा मात्रै समस्या समाधान गर्दा समेत धेरै बाटो खुला भएको छ । यसले बजार बढ्ने र बैंकहरुको तरलता घट्नुको साथै कर्जा प्रवाहमा सघाउ पुर्‍याउने जनाएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?