National life

गरिमा विकास बैंकलाई दुई अन्तराष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र प्राप्त

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
1.2kShares
गरिमा विकास बैंकलाई दुई अन्तराष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र प्राप्त
ncell

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ ।

विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था “ईन्टरसर्ट”को तर्फबाट लिड अडिटर श्री रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायज्यूलाई उक्त प्रमाणपत्रहरु हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ् सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गरिमा विकास बैंक लिमिटेडले नेपालको बैकिङ् क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरुबाट करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?