National life

गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ चैत २०८१, शुक्रबार
1.2kShares
गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट
ncell

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराज बीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ ।

गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?