काठमाडौँ । गाईजात्रा काठमाडाैं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने पर्व हाे । गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ ।
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताएका छन् ।
गाईजात्रा के हो ?
पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको छ । हिन्दू धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।
मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै स्थानीय देवढोकाबाट गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्न रुपमा शृङ्गार गरी नगर परिक्रमा गराइन्छ । विभिन्न टोल टोलमा ती बालबालिकालाई फलफूल तथा मिष्ठान्न र खानेकुरा दिने चलन रहेको छ ।
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ। तर एक संस्कृतिविद्ले प्रताप शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताउँछन् । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् । हिन्दू धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाँड मनाइन्छ ।
गाईजात्राको इतिहास कस्तो छ ?
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताए । उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो । लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको बताउँदै अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ र त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाएकाे श्रेष्ठले बताए ।
६ सय वर्षअघिको गोपालराज वंशावलीमा सायातु भन्ने शब्द उल्लेख गरिएको भन्दै साको अर्थ गाई र यातु को अर्थ जात्रा भएको बताए । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ ।


































