National life

गृहमन्त्रीको राजीनामा कुनै पनि हालतमा आउँदैन : मन्त्री गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
357Shares
गृहमन्त्रीको राजीनामा कुनै पनि हालतमा आउँदैन : मन्त्री गुरुङ
ncell

काठमाडौँ । गृहमन्त्रीको राजीनामा कुनै पनि हालतमा नआउने सरकारको भनाई छ । बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस्तो धारणा राखेका हुन् ।

गुरुङले अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका हुन् । उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे ।

Royal Enfield
nic asia capital

साथै मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने भन्दै यस्तो नजिर राख्न नहुने बताएका छन् ।

मन्त्री गुरुङले भने, ‘अहिले संसद् जसरी अवरुद्ध भइरहेको छ, सत्तापक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेको छ। आज सम्भवतः संसद् खुल्न सक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ ।’

यो समाचार शेयर गर्नुहोस्
357SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?