National life

गृहमन्त्री गुरूङ विचौलियाका पार्टनर भएको भन्दै चौतर्फी आलोचना, राजीनामा माग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
1.2kShares
गृहमन्त्री गुरूङ विचौलियाका पार्टनर भएको भन्दै चौतर्फी आलोचना, राजीनामा माग
ncell

काठमाडौँ। पछिल्लो समय विभिन्न सञ्चार माध्यममा गृहमन्त्री सुधन गुरुङको विचौलियासँग सम्बन्ध रहेका विवरण छलाछुल्ल भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरूङ विचौलिया दिपक भट्टसँग जोडिएको खुलासा भएपछि चौतर्फी बिरोध सुरु भएको हो।

https://www.youtube.com/watch?v=IhVtJis_mg0&t=14s

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्रोतका अनुसार गुरुङलाई कारबाही गर्ने सम्बन्धमा रास्वपा भित्र समेत छलफल सुरु भएको छ। गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएका विवरणहरु आउन थालेपछि उनको चौतर्फी आलोचना भइरहेको छ।

गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच सोमबार बिहान कुराकानी भएको स्रोतले जनाएको छ।

https://www.youtube.com/watch?v=jOgIVDqcv8Q&t=92s

गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । पछिल्लो घटनाक्रमसँगै उनलाई कारबाही गर्ने वा नगर्ने विषयमा पार्टीभित्र उच्च तहमा छलफल भइरहेको छ, जसका कारण उनको सक्रियता बढेको देखिएको छ ।


यसैबीच, गुरुङमाथि कारबाही गर्ने/नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ । साथै, पार्टी अनुशासन आयोगले पनि यसबारे आन्तरिक तयारी अघि बढाएको छ ।


सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका थिए।

https://www.youtube.com/watch?v=jeSEyF_Vx1Y&t=13s

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ। राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका बताइएको छ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो । त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?