National life

ग्राहक सुविधाका लागि माघे संक्रान्तिमा समेत यी बैंकहरुले दिदैछन् आफ्नो सेवा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०१ माघ २०८२, बिहिबार
1.4kShares
ग्राहक सुविधाका लागि माघे संक्रान्तिमा समेत यी बैंकहरुले दिदैछन् आफ्नो सेवा
ncell

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखामार्फत नियमित सेवा सञ्चालन गर्ने भएका छन्। ग्राहकको दैनिक वित्तीय कारोबारमा असहज नहोस् भन्ने उद्देश्यले वाणिज्य बैंक र विकास बैंकहरूले सीमित शाखा खुला राखेको जनाएका छन् ।

बैंकहरूले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक बैंकिङ सेवा निरन्तर दिनुपर्ने आवश्यकता बढ्दै गएकाले मुख्य सहर, व्यापारिक क्षेत्र तथा बढी कारोबार हुने स्थानमा रहेका शाखा सञ्चालनमा राखिने जनाएका छन्। ती शाखाबाट नगद निकासा तथा जम्मा, चेक क्लियरिङ, रेमिटेन्स भुक्तानी, डिजिटल बैंकिङसम्बन्धी सहयोगलगायतका सेवा प्रदान गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक तथा वित्तीय संस्थाका अनुसार पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङको प्रयोग बढे पनि नगद तथा प्रत्यक्ष बैंकिङ सेवाको माग कायमै रहेकाले सार्वजनिक बिदाका दिन समेत न्यूनतम सेवा उपलब्ध गराउँदै आएको छ। विशेषगरी भर्खरै नगद कारोबारमा कडाइ गरिँदै बैंकिङ माध्यमबाट कारोबार अनिवार्य बनाइएकाले पनि बैंकहरूले सेवामा निरन्तरता दिनुपर्ने अवस्था आएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?