National life

चार निर्जीवन लघुबीमा कम्पनीहरूले व्यापार ५७ करोड बढी, नेपाल माइक्रो अग्र भागमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
790Shares
चार निर्जीवन लघुबीमा कम्पनीहरूले व्यापार ५७ करोड बढी, नेपाल माइक्रो अग्र भागमा
ncell

काठमाडौँ। चालू आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा चार वटा निर्जीवन लघुबीमा कम्पनीहरूले ५७ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको  ८ महिनाको तथ्यांक अनुसार ८ महिनाको अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने नेपाल माइक्रो इन्स्योरेन्सले १६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

उक्त अवधिमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणका अनुसार यस अवधिमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले १३ करोड ५१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसै ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले यस अवधिमा १३ करोड १६ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यी कम्पनीहरूले २ लाख ३० हजार ७ वटा बीमालेख जारी गरेर उल्लेखित रकम रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?