National life

शेयर धितो कर्जा प्रवाह १ खर्ब नाघ्यो, करोड माथिको ऋण लिनेको संख्यामा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
488Shares
शेयर धितो कर्जा प्रवाह १ खर्ब नाघ्यो, करोड माथिको ऋण लिनेको संख्यामा उल्लेख्य वृद्धि
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती १० महिनामा शेयर धितो कर्जा बढेर १ खर्ब २५ अर्ब ५२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको २०८२ वैशाखसम्मको अवधिमा मार्जिन प्रकृतिको कर्जा बढेर ३९.३ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब ५२ करोड पुगेको हो।

२०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो।

Royal Enfield
nic asia capital
१० महिनाको अवधिमा शेयर धितो कर्जा ३५ अर्ब ४२ करोडले बढेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा १ करोड बढीको कर्जा ८५ अर्ब ७३ करोडको रहेको छ।साथै, १० महिनाको अवधिमा १ करोड बढीको कर्जा ५३.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसले १ करोड माथि कर्जा लिने ऋणीहरूको संख्यामा तीव्र वृद्धि भएको छ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १५ अर्ब ५ करोड रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ८ अर्ब १० करोड मात्र रहेको छ । यस अवधिमा ५० लाख देखि १ करोडसम्मको कर्जा २१.१ प्रतिशतले बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १५.३ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा १०.८ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?