National life

चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि , १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
479Shares
चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि , १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन निर्यात
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा मेची भन्सार कार्यालयबाट चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ। कार्यालयको तथ्यांक अनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ।

चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए।

Royal Enfield
nic asia capital
गत आव २०८०/८१ को सोही अवधिमा दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो ।

चालु आवको दश महिनामा छ अर्ब ६६ करोड २५ लाख ४५ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०र८१ को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो। कार्यालयको तथ्यांक अनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ ।

भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सिमेन्ट क्लिंकर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ । चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजारको माल वस्तु निर्यात भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?