National life

चीनबाट आयात हुने सामानमा १० % थप शुल्क लगाउने डोनाल्ड ट्रम्पको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ फागुन २०८१, शुक्रबार
928Shares
चीनबाट आयात हुने सामानमा १० % थप शुल्क लगाउने डोनाल्ड ट्रम्पको घोषणा
ncell

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने डोनाल्ड ट्रम्पगरेका छन् ।

साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् । अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरुको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रुपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरु निर्धारित रुपमा हुने लेखेका छन् ।

“चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ”, उनले मार्च ४ को सन्दर्भमा भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरेका थिए । यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्यो।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागूपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् । फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने अधिकारीले बताए।

चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे । “चीन यसको दृढतापूर्वक विरोध गर्दछ र सम्बन्धित जवाफी कदमहरू चालेको छ”, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि ९युएसटिआर० जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने।

ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार ट्रम्पको धम्की शुल्कबाट बच्न उनीसँग कुरा गर्ने आशा गरेको बताए । एक उच्चस्तरीय मेक्सिकाली प्रतिनिधिमण्डल सम्झौताको खोजीमा वासिङ्टनमा छ।

साथै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अधिकारीहरूले अमेरिकी करहरू रोक्न चौबीसै घण्टा काम गरिरहेको तर अर्को हप्ता उपायहरू लागु भएमा ‘तत्काल’ प्रतिक्रिया हुने बताए।संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने फेन्टानिल र कागजातविहीन आप्रवासीहरुको एक प्रतिशतभन्दा कम क्यानाडाको सीमाबाट आउने कुरामा ट्रुडोले बारम्बार जोड दिएका छन् । एएफपी 

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?