National life

चैत्र २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
517Shares
चैत्र २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
ncell

काठमाडौँ । सरकारले चैत्र २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  चैत्र ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उक्त जानकारी गराएका छन् ।

बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश प्रसाद भट्टलाई नियुक्त गरेको छ। बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै,  ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरिएको गुरुङले जानकारी गराएका छन् । मन्त्रिपरिषद्ले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा,सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने  निर्णय गरेको छ ।

साथै, जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?