काठमाडौँ । नियमित ओरालो लागेको नेप्से साताको चौथो कारोबार दिन पनि बजारमा गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ ।
आज १२ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत र फाइनान्स समूहको ०.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । बुधवार बजार ६.४६ अंकले घटेर २०२६ को विन्दुमा कायम हुन पुगेको छ।
बजारले लिएको ओरालो बाटोले लगानीकर्तामा निराश छाएको छ । मार्केट ओरालो लाग्दा परिसूचक र कारोबार समेत खुम्चिदैं गएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो।
ब्याजदर घट्दो क्रममा रहेको भए पनि बजारले गति लिन सकेको छैन । लगानीकर्ताले सकारात्मक मनोबल बनाउन नसक्दा बजार खुम्चिरहेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), हिमालयन उर्जा विकास कम्पनी समाज लघुवित्त र बोटलर्स नेपाल (तराई)को सेयरमा सकारात्मक सर्किट लाएको छ ।

































