National life

जार तथा बोतलको पानीको कारोबार व्यवस्थित गर्न उपभोक्ता संरक्षण विभागकाे निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
648Shares
जार तथा बोतलको पानीको कारोबार व्यवस्थित गर्न उपभोक्ता संरक्षण विभागकाे निर्देशन
ncell

काठमाडौं । जार तथा बोतलको पानीको कारोबार व्यवस्थित गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । विज्ञप्ति सार्वजनिक गर्दै विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको हो ।

पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने गुनासो आएको विभागले जनाएको छ ।

जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानीको उत्पादन, ढुवानी एवं बिक्रीवितरणका क्रममा संलग्न रहने उत्पादनकर्ता, ढुवानीकर्ता एवं बिक्रेता सबैले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम आआफ्नो व्यवसाय सञ्चालन गर्न विभागका निर्देशक होमनाथ भट्टराईले निर्देशन दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै दर्ता नगरी सञ्चालन गरेको कम्पनीका बारेमा अनुगमन भइरहेको र त्यस्ता भेटिएमा कानुन अनुसार हदैसम्मको कारबाही हुने उनले जानकारी दिए ।

उपभोग गर्ने पानी खरिद गर्दा लेबल हेरेर आफूले पिउने पानी कहाँ कसले उत्पादन गरेको हो त्यसको सुरक्षित ढुवानी तथा ओसारपसार र भण्डारण भए वा नभएको र जारको गुणस्तर राम्रो भए वा नभएको यकिन गरेर मात्रै खरिद गर्न पनि विभागले आमउपभोक्तालाई आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?