National life

ज्योति विकास बैंकमा डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
577Shares
ज्योति विकास बैंकमा डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने
ncell

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । बैंकको मोबाइल बैकिङ एप ज्योती स्मार्ट तथा वेब ब्राउजर ज्योतिस्मार्ट डट जेबीबीएल डटकम डट एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने कार्डलेस विथड्र आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्ने छ । तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त राखि इच्छाइएको रकम झिक्न सकिने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखि कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बैंकले जनाएको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?