National life

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला : कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
609Shares
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला : कसले दिने आवेदन ?
ncell

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते)देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमध्ये १२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरमा भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। यसबाहेक सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता तथा कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने म्याद छिटोमा चैत ११ गतेसम्म रहनेछ भने पर्याप्त आवेदन नपरेमा चैत २६ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन दिने म्याद छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म रहनेछ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी प्लस (CARE-NP BB+) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले भोजपुरमा ८ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी छ। कम्पनीका अनुसार साधारण आधारमा लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष र डिस्काउन्ट गरिएको आधारमा १८.३७ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु क्यापिटल, आयोजनाको कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्नका लागि स्थानीय आवेदकहरूले २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?