National life

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
610Shares
टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार
ncell

काठमाडौँ । आज बिहीबारका दिन अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । उक्त मन्त्रिपरिषद्‌को बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा निर्णय गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको  सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्षको कातिक २७ गते नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो। तर टिकटकले भने सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।

नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाइरहेका छन्। अहिले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो।

टिकटकले नेपालका विद्यमान तथा नेपाल सरकारले तोकेका सबै खाले नीति, नियम, निर्देशिका र कार्यविधिहरू पूर्ण रूपमा पालन गर्ने भनेर पत्र पठाएकोले सरकारले टिकटक खोल्न सकारात्मक बनेको बुझिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?