National life

डान्सबारमा आएका ग्राहकमाथि लुटपाट गर्ने सञ्चालक सहित तीन जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
662Shares
डान्सबारमा आएका ग्राहकमाथि लुटपाट गर्ने सञ्चालक सहित तीन जना पक्राउ
ncell

काठमाडौँ। डान्सबारमा आएका ग्राहकमाथि सञ्चालककै योजनामा लुटपाट भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र नमोबुद्धकै २६ वर्षीय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो

पक्राउ परेका तीनजनामध्येमा शरद काठमाडौंको माछापाखेरीमा रहेको फ्लोरिडा डान्सबारका सञ्चालक हुन उनकै योजनामा डान्सबारमा आएका ग्राहकमाथि लुटपाट भएको प्रहरीले जानकारी दिएको छ ।

यो समूहले डान्सबारमा आएका ग्राहकहरूसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गरेको भन्दै प्रहरीमा निवेदन परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ परेकाहरू तीन जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको  प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?