National life

डिपोमा ग्यास नपाएपछि उद्योगमै पुगे उपभोक्ता : बालाजुमा सयौँको भीड (फोटो फिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२९ फागुन २०८२, शुक्रबार
1.5kShares
डिपोमा ग्यास नपाएपछि उद्योगमै पुगे उपभोक्ता : बालाजुमा सयौँको भीड (फोटो फिचर)
ncell

काठमाडौँ। पछिल्लो समय पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको भू-राजनीतिक तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढ्दै गएको छ। अन्तर्राष्ट्रिय बजारमा आपूर्ति शृंखला प्रभावित हुने संकेत देखिन थालेपछि दक्षिण एसियाका केही देशहरूमा यसको प्रभाव पनि देखिन थालेको छ।

छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान मा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको अभाव देखिन थालेको समाचारहरू सार्वजनिक भइरहेका छन्। ती देशहरूमा बढ्दो माग, आपूर्ति व्यवस्थापनमा समस्या र अन्तर्राष्ट्रिय बजारको अनिश्चितताका कारण बजारमा असन्तुलन देखिएको बताइन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा भने आधिकारिक रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको अभाव नरहेको दाबी गरिएको छ। नेपाल आयल निगम ले देशभर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेको भन्दै उपभोक्तालाई आत्तिनु नपर्ने बताउँदै आएको छ। निगमका अनुसार भारतबाट नियमित रूपमा आपूर्ति भइरहेको र बजारमा आवश्यक परिमाणमा ग्यास पठाइँदै आएको छ।

तर, बजारमा भने सर्वसाधारणले फरक अनुभव गरिरहेको बताएका छन्। कतिपय स्थानमा ग्यास सहज रूपमा नपाइने अवस्था देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। केही ग्यास बिक्री डिपोहरूले कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिएको आरोप पनि सर्वसाधारणले लगाएका छन्।

यसैबीच काठमाडौँको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेपाल ग्यास उद्योग को वितरण कक्षमा ग्यास लिन आउने सर्वसाधारणको भीड बढेको देखिएको छ। त्यहाँ ग्यास लिनका लागि सयौँ मानिसहरू सिलिन्डर बोकेर लामो लाइनमा बसेको दृश्य देख्न सकिन्छ।

सर्वसाधारणका अनुसार विभिन्न स्थानमा रहेका ग्यास डिपोहरूमा ग्यास उपलब्ध नभएपछि उनीहरू बाध्य भएर उद्योग परिसरमै पुगेर ग्यास लिनुपर्ने अवस्था आएको हो। दैनिक घरायसी कामका लागि आवश्यक पर्ने ग्यास नपाउँदा धेरै परिवार समस्यामा परेको उनीहरूको भनाइ छ।

यता, सम्बन्धित निकायहरूले बजारमा देखिएको भीड र ग्यासको अभावजस्तो देखिएको अवस्थाबारे अनुगमन बढाउने बताएका छन्। उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न तथा डिपोहरूले कृत्रिम अभाव सिर्जना नगर्न पनि आग्रह गरिएको छ। पश्चिम एसियाको अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अनिश्चितता बढाइरहेको सन्दर्भमा नेपालमा पनि उपभोक्ताबीच ग्यासको उपलब्धताबारे चासो र चिन्ता बढ्दै गएको देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?