National life
cg eloctronics

डेंगी परीक्षणको नाममा जनता लुट्ने काम बन्द गर्न स्वाथ्यमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
1.3kShares
डेंगी परीक्षणको नाममा जनता लुट्ने काम बन्द गर्न स्वाथ्यमन्त्रीको निर्देशन
ncell

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न आवश्यक रहेको बताएका छन् ।

आज ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्री पौडेलले भने ‘जसरी हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ’ मलाई लागेको छैन, म सुरक्षित छु भन्ने कुरा बेकार हो ।’

उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि उनले चेतावनी दिए । ‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ? निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ,’ उनले भने,

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले प्रश्न गरे, ‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ?’ उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकारे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए । उनले भने, ‘डेंगी समस्या भन्दा माथि गइसकेको छ ।’

साथै, सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको मन्त्री पौडेलको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?