National life
cg eloctronics

तीनकुने दुर्घटनामा पौने ५ करोडको दाबी, शिखरले गर्‍यो तीन कम्पनीको भुक्तानी, अन्यमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ चैत २०८१, शुक्रबार
1.1kShares
तीनकुने दुर्घटनामा पौने ५ करोडको दाबी, शिखरले गर्‍यो तीन कम्पनीको भुक्तानी, अन्यमा कति ?
muktinatha bikash bank

काठमाडौँ ।  काठमाडौँ उपत्यकाको तीनकुनेमा चैत १५ गते भएको दुर्घटनामा पौने ५ करोड रुपैयाँ बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ निर्जीवन बीमा कम्पनीमा चार करोड ८७ लाख रुपैयाँ ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।

बीमा प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा दाबीबाट बिगो दाबी रकम ३७ लाख रुपैयाँ रहेको छ । जस अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी रुपैयाँको दाबी परेको छ । प्रकाशित विवरण अनुसार कम्पनीमा एक करोड २७ लाख रुपैयाँका दुई वटा बीमा दाबी परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा बीमा दाबी बराबर एक करोड १७ लाख ५० हजार रुपैयाँको बीमा दाबी परेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटा बीमा दाबी बराबर ६८ लाख ९१ हजार रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार नेको इन्स्योरेन्समा ४ वटा बीमा दाबी बराबर ५२ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्समा १ दाबी बराबर ४७ लाख ५० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा दाबी बराबर २० लाख ७५ हजार रुपैयाँको बीमा दाबी परेको छ । बीमा दावी भुक्तानीमध्येमा शिखर इन्स्योरेन्सले भने तीन वटा बीमा दावी बराबर ४५ हजार रुपैयाँ भुक्तानी गरीसकेको छ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?