काठमाडौं साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा बढोत्तरी आएको छ । दिनभरी उतार–चडाब आएको बजार अन्तिममा दोहोरो अकंले बढेको हो ।
निरन्तर रुपमा तीन दिनसम्म ओरालो लागेको शेयरबजारको यात्रामा ब्रेक लागेर आज बजार बढोत्तरी भएको छ । उक्त दिन बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ९ उपसूचकमा सुधार देखिएको छ । सोमबार बैंकिङ समूहको ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।
आज सेयर बजारमा सुधारमा सुधार आउँदा नेपाल दुरसंचार कम्पनी, पिपुल्स पावर लिमिटेड, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
अन्य कम्पनीको कारोबार सहित हेर्नुहोस्

































