National life
cg eloctronics

धुलिखेलका बासिन्दामा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ कात्तिक २०८१, शुक्रबार
1.7kShares
धुलिखेलका बासिन्दामा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो
muktinatha bikash bank

काठमाडौं । पहिलो स्वस्थ सहर घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बिमाप्रति आकर्षण बढेको छ ।

हालसम्म जिल्लाको कुल जनसंख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बिमा गरेको बोर्डले जनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । उक्त नगरका ३३ हजार ७ सय २६ जनसंख्यामध्ये ३२ हजार ४ सय ११ जनाले स्वास्थ्य बिमा गराएका हुन् ।

विश्व स्वास्थ्य संगठनद्वारा ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषित धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको उक्त घोषणा गरिएको हो । “सबै नगरवासीको स्वास्थ्य बीमा गराउने लक्ष्य छ, त्यो चालु आर्थिक वर्षमा पूरा गर्नेछौँ”, ब्याञ्जूले भने ।

everest bank

जिल्लाका बिमितले धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपास्थित रेयूकाइ एईको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सामाजिक स्वास्थ्य बिमाको आधारमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । रासस

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?