National life

नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित नरहने इरानी सेनाको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
1.4kShares
नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित नरहने इरानी सेनाको चेतावनी
ncell

काठमाडौं। इरान र अमेरिका बीचको तनाव पुनः चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै जाने इरानी ढुवानीमा अवरोध पुर्‍याउने चेतावनी दिएपछि इरानले कडा प्रतिक्रिया जनाएको हो।

इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा अमेरिकाको यस्तो कदमलाई ‘अवैध’ र ‘समुद्री डकैतीसरह’ व्यवहारको रूपमा टिप्पणी गरिएको छ। इरानले आफ्ना बन्दरगाहमाथि कुनै पनि किसिमको नाकाबन्दी वा आक्रमण भए त्यसको असर अमेरिका मात्र नभई सम्पूर्ण खाडी क्षेत्रमा पर्ने चेतावनी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, इरानी सेनाले खाडी क्षेत्रका छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै यस क्षेत्रका बन्दरगाहको सुरक्षा सबैका लागि समान हुनुपर्ने, अन्यथा कसैका लागि पनि सुरक्षित नहुने स्पष्ट पारेको छ। अमेरिकी सेनाले इरानी बन्दरगाहमा आक्रमण गरे फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने चेतावनी समेत दिइएको छ ।

युद्ध समाप्त भएपछि पनि होर्मुज जलडमरूमध्यमा आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने र आफ्ना शत्रुसँग सम्बन्धित जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न नदिने इरानले संकेत गरेको छ । इरानको यस्तो कडा अडानले विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गमा सैन्य तनाव थप बढ्ने सम्भावना देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?