National life

निगमको नयाँ निर्देशनः घरायसी प्राथमिकता, विक्रेताहरूले बिक्री अभिलेख राख्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
1.3kShares
निगमको नयाँ निर्देशनः घरायसी प्राथमिकता, विक्रेताहरूले बिक्री अभिलेख राख्नुपर्ने
ncell

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बजार आपूर्ति सहज, पारदर्शी र सर्वसाधारणमैकेन्द्रित बनाउन ग्यास उद्योगीहरूलाई विशेष निर्देशन जारी गरेको छ। निगम प्रवक्ता मनोज ठाकुरका अनुसार, निगम र उद्योगीहरूबीच भएको छलफलमा उद्योगीहरूले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

नयाँ निर्देशनअनुसार, उद्योगीहरूले आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजारमा पठाउनुपर्नेछ। साथै, दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास आपूर्ति भयो भन्ने विवरण निगममा बुझाउन अनिवार्य हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्यास विक्रेताहरूले उपभोक्ताको नाम र फोन नम्बरसहित बिक्रीको अभिलेख राख्नुपर्ने व्यवस्था पनि यसमा समावेश छ।

घरायसी प्रयोगकर्तालाई प्राथमिकता दिइने व्यवस्था गर्दै होटल तथा व्यवसायिक क्षेत्रमा ग्यास पठाउनुअघि सर्वसाधारणको माग पूरा गर्नुपर्नेछ। व्यवसायिक प्रयोजनमा आपूर्ति गरिएको ग्यासको पनि छुट्टै रेकर्ड राख्न भनिएको छ। प्रवक्ता ठाकुरले भारतमा हालै लागू भएको नियमको उदाहरण दिँदै भने, “भारतमा घरायसी उपभोक्ताले २५ दिनमा एउटा सिलिन्डर मात्रै पाउँछन्, तर नेपालमा यस्तो समस्या छैन। हाम्रो वार्षिक खपत भारतको एक दिनको खपत बराबर मात्र भएकाले आपूर्तिमा कुनै कमी छैन।”

निगमले उद्योगीहरूसँग भ्याट बिल र गाडी ट्र्याकिङ प्रणाली भएकाले कुन विक्रेताले कति ग्यास प्राप्त गर्‍यो र कसलाई बिक्री गर्‍यो भन्ने सूक्ष्म अनुगमन गर्ने पनि जनाएको छ। यसैगरी, केही विक्रेताले पुराना वा नियमित ग्राहकलाई मात्र प्राथमिकता दिने अभ्यास रोक्न र सबै उपभोक्तालाई समान रूपमा वितरण सुनिश्चित गर्न निर्देशन दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?