National life

निफ्राकाे गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक, कम्पनीको नाफा ४२.७१ प्रतिशतले वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
616Shares
निफ्राकाे गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक, कम्पनीको नाफा ४२.७१ प्रतिशतले वृद्धि
ncell

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्म १ अर्ब २ करोड नाफा कमाएकोमा गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड खुद नाफा कमाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नाफा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि वृद्धि भएर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । वितरणयोग्य नाफामा पनि वृद्धि देखिएको छ । त्यस्तै वितरण योग्य नाफा ३१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५ करोड पुगेको छ ।

निक्षेप संकलन १०३.५७ प्रतिशतले वृद्धि हुँदै ८९ करोड १६ लाख पुगेको छ भने कर्जा प्रवाह २९.६१ प्रतिशतले वृद्धि हुँदै २० अर्ब १४ करोड पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?