National life

नेको इन्सुरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने,कहाँ -कहाँबाट दिन सकिन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
964Shares
नेको इन्सुरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने,कहाँ -कहाँबाट दिन सकिन्छ ?
ncell

काठमाडौं । नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर आज फागुन ८ गते बिहीबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त हकप्रद सेयरको लागि यसले माघ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयरमा आवेदन दिन पाउने स्थान

यो समाचार शेयर गर्नुहोस्
964SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?